धार्मिक सूचना

धार्मिक सूचना !!!!!
विश्वशान्ति मोन्लम पूजा जोग्छेन याङ्ती लामा कुसुङ थुग्थीग अन्तर्गत गुरु रिन्पोछेको करोडौं मन्त्रजप कार्यक्रम ।
विश्वभर रहनु भएका सम्पूर्ण धर्मावलम्बीहरूका लागि अनुरोध — दोस्रो बुद्ध गुरु पद्मसंभवको उत्तम तीर्थस्थल हलेसी मारतिकाको छिमे ताग्तेन क्षोलिङ गुम्बामा परमपुज्य क्याब्जे ठुल्शिग रिन्पोछेज्यूको आज्ञा तथा मार्ग दर्शन अनुसार हलेसी गुम्बाको प्रमुख गुरु मारतिका दुङजिन रिन्पोछेज्यूको अग्रसरमा विगत वर्षझैं यहि आउँदो मिति २०८२ फाल्गुन २९ गतेदेखि चैत्र ४ गतेसम्म (२०२६ मार्च १३ देखि १८ तारिखसम्म) तेर्छेन ठुल्शिक दोङा लिङ्पाको गम्भीर निधि जोग्छेन याङ्ती लामा कुसुङ थुकथिक अन्तर्गत गुरु रिन्पोछेको करोडौं मन्त्रजप श्रद्धेय धर्मगुरु क्याब्जे ठुल्शिग याङ्सी रिन्पोछे ङावाङ जिग्मे ठिन्ले कुन्ख्यापज्यूको प्रमुख आतिथ्यतामा लामा, टुल्कु, खेन्पो, लोपोन लगायत संघहरुबाट विश्वशान्ति पूजाको आयोजना हुने र अन्तमा दीर्घायू अभिषेक (छेवाङ) हुने भएकाले श्रद्धालु भक्तजनहरूलाई मारतिकामा पाल्नु हुन अनुरोध गर्दछौं ।
आयोजक मारतिकाको छिमे ताग्तेन क्षोलिङ गुम्बा

नोट
सम्पूर्ण भक्तजनहरूलाई पूजा अवधिभर चिया नास्ता र खानाको नि:शुल्क व्यवस्था गरिएको छ ।
सम्पर्क नं.
नाम फोन नम्बर
लोपोन निमा पासाङ +९७७ ९८४ ३८७ ७८५०
ग्याल्जेन शेर्पा +९७७ ९८४ १२१ ६८९१
लोपोन दावा सोनाम +९७७ ९८६ ३७७ ९३२५
निमा नोर्बु शेर्पा +९७७ ९८४ १५३ ५५४२